थप ५४५५ जना काेराेनामुक्त, २४७६ संक्रमित, २७ काे मृत्यु

काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  कूल १४ हजार ३ सय ५१ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट १ हजार ७ सय २१ जना र एन्टीजेन विधिबाट ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *