महिला एसिया कप छनोट: नेपालको समूहमा फिलिपिन्स र हङकङ

प्रज्जवल थापा । एएफसी महिला एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ । बिहिबार मलेसियाको क्वालालम्पुरमा भर्चुअल माध्यमबाट सम्पन्न ड्रमा नेपाल समूह ‘एफ’ मा परेको हो ।

नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । छनोटमा एसियाका २८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । जसमध्य चार समूहमा ४/४ टोली रहेका छन् भने चार समूहमा ३/३ टोली रहेका छन् । हरेक समूहको विजेताले २०२२ मा भारतमा हुने एएफएसी महिला एसिया कपको टिकट काट्नेछ ।

छनोटका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *