कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

प्रज्जवल थापा । कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । ।

ब्रासिलियामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एलेजान्द्रो गोमेजले एक गोल गरे । खेलको दसौं मिनेटमा डि मारियाको पासमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा गरेको गोलले अफसाइड भएको कारण मान्यता नपाउँदा अर्जेन्टिना अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा अर्जेन्टिना १-० गोलले विजयी भयो । जितसँगै अर्जेन्टिना ३ खेलबाट ७ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । पराजित पाराग्वे २ खेलबाट ३ अङ्कको साथ तेस्रो स्थानमा छ ।

आजै भएको अर्को खेलमा उरुग्वे र चिलीले १-१ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले १/१ अङ्क बाढे । यससँगै चिली ३ खेलबाट ५ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने उरुग्वे २ खेलबाट १ अङ्क जोड्दै चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *