फ्रान्स र हंगेरीको बराबरी

प्रज्जवल थापा । विश्व च्याम्पियन फ्रान्सले युरोकपमा बराबरी खेलेको छ । शनिबार बेलुकी भएको समूह ‘एफ’को खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।

पुस्कास एरिनामा भएको खेलमा हंगेरीको लागि एट्टिला फिओलाले गोल गर्दा फ्रान्सको लागि एन्टोइन ग्रिजमनले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा हंगेरी बराबरीमा रोकिन बाध्य भयो । पहिलो हाफको अतिरिक्त समयमा रोलान्डको पासमा फिओलाले गोल गर्दै हंगेरीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ६६ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल नहुँदा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीसँगै फ्रान्स २ खेलबाट ४ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा उक्लिएको छ । यस्तै हंगेरी २ खेलबाट १ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *