काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा पहिरोले नदी थुनिन पुगेकोले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत गराएकाे छ । चीनकाे तिब्बतस्थित टिङ्ग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको भन्दै प्रशासन कार्यालयले शुक्रबार राति जरुरी सुचना जारी गरी सचेत गराएकाे हाे ।
प्रशासनले तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारीका साथै नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन समेतअनुरोध गरेको छ ।

