फेरि बढ्यो मेलम्चीको वहाव, चनौटेको रातो पुल पनि बगायो

मेलम्ची । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । शुक्रबार अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । सुरुको समयको जस्तै ठूलो गड्गडाहटसहितको भीषण बाढी मेलम्चीमा आइपुगेको स्थानीयले बताएका छन् ।

बाढीले हेलम्बुको तिम्बु, किउल जोड्ने चनौटेको रातो पुल पनि बगाएको छ । हेलम्बु गाउँपालिका अन्तर्गत ग्यालथुमको इष्ट प्वाइन्ट एकेडेमीको भवन बाढीले बगाएको स्थानीय भीम लामिछानेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *