अध्यागमन विभागका कर्मचारीलाई कोरोना संक्रमण, सेवा बन्द

काठमाडौँ । अध्यागमन विभागका एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि विभागले भिसालगायतका सेवा केही दिनलाई बन्द गरेको छ ।

विभागमा कार्यरत सबै कर्मचारीको शुक्रबार परीक्षण गरिएकोमा एक कर्मचारीमा संक्रमण देखिएको हो ।

‘५६ जनाको परीक्षण गरेकोमा एक जनाको कोरोना पोजेटिभ देखियो,’ विभागका महानिर्देशक रमेशकुमार केसीले भने, ‘संक्रमित कर्मचारी अरुसँग पनि घुलमिल भएको आंशका भएकाले फेरि परीक्षण गर्न लागेका छौं, केही दिनलाई सेवा रोक्ने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *