जर्मनीद्वारा ६२ वटा भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी । जर्मनीले कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले मंगलबार स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जर्मनीले ६२ वटा भेन्टिलेटर, ५ वटा आइसोलेसन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार ५०० एफएफपी २ मास्क, २५ हजार लिटर ह्याण्ड स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *