निवर्तमान राज्यमन्त्री मानन्धरद्वारा आवास सुविधा सरकारी कोषमा जम्मा

काठमाडौं निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गराएका छन् ।

विसं २०७६ मङ्सिर ४ देखि यही जेठ २१ गतेसम्म राज्यमन्त्री भएका मानन्धरले आवासीय सुविधा नलिएको मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रति महिना ४० हजार रुपैयाँका दरले हुने सात लाख २० हजार रकम नलिइएको जानकारी दिए ।

मानन्धरले विज्ञप्ति जारी गरी कार्यालय व्यवस्थापनको सुविधाअन्तर्गत प्राप्त हुने दुई लाख रकम समेत सरकारी कोषमा नै रहेको जानकारी दिएका छन् । उनले खर्च भएर नजाने जिन्सी सामान, ल्यापटप तथा आइप्याड र सवारी साधन फिर्ता गरेका छन् ।

मानन्धरले आफूले पाएको पारिश्रमिकको आधा रकम कोभिड–१९ रोकथाम कोषमा जम्मा गरेको तथा आफ्नो चल अचल सम्पतिमा कुनै हेरफेर नभएको पनि स्पष्ट पारेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *