काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालीबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापति देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपाल देउवा निवास गएका हुन् । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको छ । तीन नेताबीच प्रदेश दुईको मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे प्रस्तवबारे छलफल भएको बताइएको छ ।
ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्चमा दायर रिट निवेदनमा प्रयोग भएको एमाले सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेका थिए । त्यसबाट उत्पन्न आशंका हटाउन गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । त्यसअघि नेपालले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए ।
बैठकपछि नेपाल हस्ताक्षर फिर्ता नलिइने स्पष्ट पार्न देउवालाई भेट्न पुगेको बताइएको छ । त्यसअघि आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा पनि नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका बताइएको छ ।
