रुबिन डियाज बने ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’

एजेन्सी । म्यान्चेस्टर सिटीका डिफेन्डर रुबिन डियाज २०२०/२१ प्रिमियर लिग सिजनको उत्कृष्ठ खेलाडी घोषित भएका छन् । प्रिमियर लिगको पहिलो सिजनमै डियाज ‘प्लेयर अफ दि सिजन’ घोषित भएका हुन् ।

डियाजको उत्कृष्ठ प्रदर्शनको मद्दतमा सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो । डियाज गत सेप्टेम्बरमा मात्र बेन्फिकाबाट सिटीमा अनुबन्धित भएका थिए । डियाज यसअघिनै ‘एफड्ब्लुए फूटबलर अफ दि एयर’ बनिसकेका छन् भने ‘पिएफए प्लेयर अफ दि एयर’को मनोनयनमा छन् । ‘प्लेयर अफ दि सिजन’को घोषणा समर्थकको भोट र एक्सपर्टको सल्लाहबाट गरिएको हो ।

पोर्चुगिज सेन्टर ब्याक डियाजले सिटीकै मिडफिल्डर केभिन डि ब्रुयन, ब्रुनो फर्नान्डेज, ह्यारी केन, मोहमद सलाह, ज्याक ग्रेलिस, मासोन माउन्ट र टोमस सोउचेकलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । डियाज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोपछि ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’को अवार्ड जित्ने दोस्रो पोर्चुगिज खेलाडी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *