संखुवासभा । पहिरोमा पुरिएर संखुवासभामा ११ जना बेपत्ता भएका छन ।
संखुवासभाको सिलिचुङ गाउँपालिकामा पहिरो जाँदा ११ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ता भएका ११ जनाको स्थानीय सुरक्षाकर्मीबाट खोजी भइरहेको छ ।
पहिरोमा परी १३८ घर विस्थापित भएको र सबैलाई पहिरोको जोखिम कम भएको क्षेत्रमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ ।
