अन्जनको गोलमा नेपाललाई पहिलो हाफमा अग्रता

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसिया कप छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध भइरहेको खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्तीमा नेपालले ताइपेइविरुद्ध १-० गोलको अग्रता लिएको छ ।

कुवेतस्थित जाबेर अल अहमेद रंगशालामा जारी खेलमा नेपालको लागि अन्जन विष्टले एक गोल गरे । खेलको तेस्रो मिनेटमै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका हुन् । विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र हेन्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । दोस्रो हाफ केहीबेरमा शुरु हुनेछ ।

विश्वकप छनोटको अर्को चरण प्रवेश गर्ने सम्भावना सकिसकेको अवस्थामा एसियन कप छनोटको तेस्रो चरण खेल्ने सम्भावना कायम रहेको नेपालको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । समूह ‘बी’ मा रहेको नेपालले छनोटको ५ खेल खेल्दै मात्र ३ अङ्कको साथ चौथो स्थानमा रहेको छ । नेपालले छनोटको पहिलो खेलमा चाइनिज ताइपेइलाई नै २-० गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *