एजेन्सी । म्यानचेस्टर सिटीका सेन्टर ब्याक इरिक गार्सिया पुर्व क्लब बार्सिलोना फर्किएका छन् । सोमबार मात्र सिटीबाटै फर्वार्ड सेर्जियो अग्वेरोलाई फ्रिमा भित्र्याएको बार्सिलोनाले आज गार्सियालाईपनि फ्रि-ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
२० वर्षिय डिफेन्डर बार्सिलोनाकै ला मासिया एकेडेमीमा हुर्किएका थिए । तर उनी चार वर्ष अगाडि इङ्लिस क्लब पुगेका थिए । गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको लागि सम्झौता गरेका छन् । यस्तै उनको रिलिज क्लज ४ सय मिलियन युरो राखिएको छ ।
चार सिजन सिटीमा बिताएका गार्सियाले ३५ खेल खेल्दै एक प्रिमियर लिग र ३ काराबाओ कप जितेका थिए । अब लिभरपुलका जिओर्जिन्हो विजनाल्डम र लियोनका मेम्फिस डिपेपनि फ्रि-ट्रान्सफरमा स्पेनिस क्लब भित्रिने कुरा आइरहेको छ ।
