कोपा अमेरिका अर्जेन्टिनामा नहुने

प्रज्जवल थापा । अर्जेन्टिनामा आयोजना हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा नहुने भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि दक्षिण अमेरिकी फुटबल कन्फेडेरसन(कन्मेबोल)ले अर्जेन्टिनामा कोपा अमेरिका नगर्ने निर्णय गरेको हो ।

यसअघि सरकार विरोधी आन्दोलन चर्किएपछि कोलाम्बियाले सहआयोजकबाट नाम फिर्ता लिइसकेको छ । कोरोना महामारी तिब्र रुपमा फैलिएपछि अर्जेन्टिनमा अहिले सम्पूर्ण फुटबल गतिविधि १ महिनाका लागि बन्द गरिएको छ । यससँगै जुन १३ बाट आयोजना हुने भनिएको प्रतियोगिता अन्योलमा परेको छ ।

कन्मेबोलले सदस्य राष्ट्रहरुसँग छलफल गरेर चाँडै प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो लाग्ने बताएका छन् । प्रतियोगिता आयोजनाका लागि चिनी र अमेरिकासँग कुरा भइरहेकोपनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *