मनाङको चामे बजारमा यसरी आयो बाढी(भिडियोसहित)

काठमाडौं । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले तीन दिनदेखि नेपालका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि आएको बाढीले मानवीय क्षति नभएपछि केही जिल्लामा बाढीले पुल बगाएको छ ।

चक्रवातको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव मनाङ जिल्लामा पनि परेको छ । भारी वर्षापछि मनाङको चामे बजारमा ठूलो बाढी आएको छ ।

मनाङ, मुस्ताङलगायतका जिल्लामा हिमपात हुने र यस्तो बाढी आउने गर्दैनथ्यो । तर जलवायु परिवर्तनका कारण पछिल्लो समय भारी वर्षा हुने र बाढी आउने गरेको छ ।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *