ताप्लेजुङमा एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा शुक्रबार बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब १५ लाख रुपैयाँ बराबरको क्षति भएको गुरुङले जानकारी दिए ।

बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *