खोप अभियान संचालन गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राज्यको सम्पूर्ण शक्ति र श्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रणमा लगाउन आग्रह गरेको छ ।

आइतबार राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महामारी नियन्त्रण नगरी निष्पक्ष चुनाव हुन नसक्ने भएकाले खोप अभियान संचालन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । त्यस्तै बैठकले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सृजना गर्न पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *