प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगको अन्तिम चरणको खेलहरु आज हुदैछन् । लिगको सम्पुर्ण १० खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछन् ।
म्यान्चेस्टर सिटीले यसअघिनै लिगको उपाधि जितिसकेको छ भने म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने पक्का भैसकेको छ । चेल्सी, लिभरपुल र लेस्चर सिटी च्याम्पियन्स लिग स्थानको लागि भिड्दैछन् । यस्तै फुल्हाम, वेस्ट ब्रोम र सेफिल्ड युनाइटेड दोस्रो डिभिजनमा घटुवा हुने पक्का भैसकेको छ ।
आज हुने खेलहरु
आर्सनल विरुद्व ब्रिगटन
एस्टन भिल्ला विरुद्ध चेल्सी
फुल्हाम विरुद्व न्यु केस्चल
लिड्स विरुद्ध वेस्ट ब्रोम
लेस्चर सिटी विरुद्ध टोटेन्हाम
लिभरपुल विरुद्ध क्रिस्चल प्यालेस
म्यान्चेस्टर सिटी विरुद्ध एभर्टन
सेफिल्ड युनाइटेड विरुद्व बर्नली
वेस्ट हाम विरुद्ध साउथह्याप्टन
वोल्भ्स विरुद्ध म्यान्चेस्टर युनाइटेड
