कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

दाङ । कोरोना सङ्क्रमणबाट दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

कोरोना सङक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । होम आइसोलेशनमा नै उनको गएराति निधन भएको जनाइएको छ । यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नम्बर ४ का लक्ष्मण बस्नेतको निधन भएको छ ।

पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको हो । रेडियो हापुरेमा कार्यरत उनले गतहप्तामात्र कोरोनालाई पराजित गरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए ।

जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यसअघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो । आइतबार मात्रै पत्रकार बस्नेतका पिता टोपबहादुर बस्नेतको पनि सोही मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाबाट निधन भएको थियो । उनी नेकपा( एमालें) जिल्ला नेता थिए । जिल्लाका एक सङ्क्रमितका बाँकेमा निधन भएको छ ।

भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्र्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *