काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक सारा बेयसोलो न्यान्तीबीच आइतबार भेटवार्ता भएको छ । संयोजक न्यान्तीले ट्विटरमार्फत् प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी गराएकी हुन् ।
भेटमा प्रधानमन्त्रीले नेपाललाई कोरोना भाइरसविरूद्धको खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताएका थिए ।
जवाफमा न्यान्तीले संयुक्त राष्ट्र संघ नेपाललाई सहयोग गर्न तयार रहेको बताएकी थिइन् । उनले भनिन्, ‘प्रधानमन्त्री ओलीले खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताको सामाजिक सुरक्षाको आवश्यकतामा जोड दिनुभयो, युएन नेपाल सहयोग गर्न तयार छ।’
As @PM_Nepal stressed the need for vaccines, oxygen, psychosocial support and social safety nets for the people of #Nepal , the @UN_Nepal stands ready to support. #COVID19 @MofaNepal @mohpnep @PradeepgyawaliK @NepalUNNY @WHONepal @unicef_nepal @moha_nepal pic.twitter.com/1bfPllh2DA
— Sara Beysolow Nyanti (@NyantiSara) May 16, 2021
