मेसौकेको गोलमा काठमाडौलाई अग्रता

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिगको फाइनल खेलमा काठमाडौं रेजर्सले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलमा काठमाडौंले धनगढी एफसीविरुद्व पहिलो हाफमा अग्रता लिएको हो । खेलको २२ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई शुरुवाती अग्रता दिलाएका हुन् । मेसौकेको लिगमा यो आठौं गोल हो ।

आज दुवै टोली फाइनल खेल जित्दै उपाधि उचाल्न चाहन्छन् । धनगढी किरण चेम्जोङ र काठमाडौं विकेश कुथुको कप्तानी रहेको छ ।

यस संस्करणमा मात्र दुई टोलीबिचको यो तेस्रो भेट हो । यसअघिको दुवै खेलमा काठमाडौंमाथि धनगढीले बाजी मारेको थियो । धनगढीले काठमाडौंलाई लिग चरणको खेलमा ३-० र पहिलो प्लेअफ खेलमा २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैले धनगढी आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ भने काठमाडौं आजको फाइनल खेलमा बदला लिँदै उपाधि जित्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *