लेभान्टेलाई हराउँदै बार्सिलोनालाई शीर्ष स्थानमा उक्लिने अवसर

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज क्याटलान क्लब बार्सिलोना र लेभान्टे भिड्दैछन् । खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ ।

आज हुने खेल जित्दै बार्सिलोनालाई लिगको शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ । हाल बार्सिलोना ३५ खेलबाट ७५ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ । समान अङ्क जोडेको रियल म्याड्रिड दोस्रो र ७७ अङ्क जोडेको एथ्लेटिको शीर्ष स्थानमा छन् । पछिल्लो खेलमा एथ्लेटिकोसँग बराबरीमा रोकिएको बार्सिलोनालाई उपाधि होडमा जिवित रहनलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

यता लेभान्टेपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल लेभान्टे ३५ खेलबाट ३९ अङ्क जोड्दै लिगको १४ औं स्थानमा छ । लेभान्टेले आफ्नो पछिल्लो ५ खेलमा जित हात पार्न सकेको छैन । त्यसैले आजको खेल जित्दै लेभान्टे विजयी पथमा फर्कन चाहन्छ ।
दुई टोली बीच भएको पछिल्लो २३ भेट मध्य १८ खेल बार्सिलोनाले जितेको थियो भने ३ खेल लेभान्टेले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *