काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता जोगाउन सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको नेपाल पक्षीय सांसदहरुको बैठकले पार्टी अध्यक्ष ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन बिहान ९ बजेसम्मको समय दिएको हो ।
पार्टी अध्यक्षबाट त्यसको प्रतिवद्धता नआए साढे ९ बजे आफूहरुले निर्णय गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी अध्यक्ष ओली पार्टी एकता कायम राख्न गम्भीर नभएको निष्कर्ष पनि निकालेको उनले बताए ।
