काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार संसद भवन नयाँबानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
उनका अनुसार विश्वासको मतको विपक्षमा मत दिन कांग्रेसले सबैलाई आग्रह पनि गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताइसकेका थिए ।
बैठकमा सभापति देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए ।
