अस्पतालहरुलाई अक्सिजन सहजरुपमा उपलब्ध गराइदिन सरकारसँग चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिडको उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव हुन नदिन सरकारसँग माग गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गरी अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैंले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाई बेडबाट खाली गर्नुपर्ने अवस्था आएको भनि सूचना प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *