बाध्यता र सामाजिक जिम्मेवारीको कथा समेटिएको ‘सोची हेरन’

आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

सुदीप भण्डारीको स्वरमा रहेको गीतमा चर्चित गीतकार डिपी खनालको शब्द रहेको छ। शंकर थापा ‘स्माइल’ले संगीतवद्ध गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा विकास लामिछाने र सिर्जना जिसीको अनस्क्रिन प्रेम देख्न सकिन्छ। अनिल कुमार मानन्धरको छायाँकन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *