काठमाडौँ । बिहीबार शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बिहीबार नेप्से ०.२६ अंकले बढेको हो । आज ३५३ वटा कम्पनीको १ करोड २० लाख कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएकामध्ये १३९ वटा कम्पनीको मूल्य बढ्दा १२८ वटाको घट्यो ।
सिन्धु विकास बैंकको शेयर सर्वाधिक १०.८१ प्रतिशतले बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३५ प्रतिशतले बढ्दा इनर्जी नेपालको ७.७१,माथिल्लो मैलुङ खोला जलविद्युतको ७.५८ र हावथे इन्भेस्टमेन्ट नेपालको ६.०६ प्रतिशतले बढ्यो। सयपत्री हाइड्रोपावरको सेयर ९.६६ प्रतिशतले घट्यो।
