मेलम्ची पहिरोबाट बेपत्ता आठै जनाकाे शव निकालियाे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोमा परेर बेपत्ता भएका आठै जना मजदुरको शव निकालिएकाे छ ।

अबिरल वर्षासँगै गए राति पहिरो जाँदा मेलम्ची ११ मा कभर्डहल निर्माणमा खटिएका नौ मजदुर पुरिएका थिए । एक जनालाई भने घाइते अवस्थामा तीन घण्टाको प्रयासपछि उद्धार गरिएको थियो । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *