काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ धरातलमा उभिएर पार्टी एकतालाई अघि बढाउन पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।
पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै खनालले पार्टी विधिसम्मत ढंगले चल्नुको विकल्प पनि नभएको बताएका हुन् ।




