काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि वार्ता सुरु भएको छ । नक्सालस्थित होटल मेरियटमा वार्ता सुरु भइरहेको हो ।
यसअघि लामो समयपछि बुधबार बेलुका पनि दुई नेताबीच दुई घण्टाभन्दा बढी समय वार्ता भएको थियो । वार्ताबाट एमाले भित्रको आन्तरिक विवाद समाधान हुने अपेक्षा गरिएको छ । तर बुधबारको वार्तापछि प्रधानमन्त्रीका अभिव्यक्ति चाहिँ सकारात्मक नभएको पाइएको छ ।
आज बिहान बल्खुस्थित पार्टी मुख्यालय शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपालहरु अर्को पार्टी गठनको तयारीमा लागेको भन्दै आक्रोश पोखेका थिए । प्रधानमन्त्री ओलीले पार्टीमा थप क्षति हुन नदिन सम्झाउने बुझाउने काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने समेत बताएका छन् ।