विद्यालयमा अनावश्यक भिडभाड हुने खालका कार्यक्रम नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमण बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना संक्रमण बढेकाले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नु हुन र बन्द गरिएका विद्यालयहरू पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्नु हुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु हुन अनुरोध गरिन्छ।’

साथै विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूर्ण रूपमा लागू गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *