मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपील गरेको छ । बिहीबार दलकी प्रमुख सचेतक सीता नेपालीले विज्ञप्ति जारी गरी मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपील गरेकी हुन् । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार दिउँसो २ बजे बोलाइएको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ । चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *