सांसद झपट रावल बस्ने घरमा दुङ्गा प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं । सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ कारेश्वर मन्दिर नजिक रहेको ध्रुबलाल श्रेष्ठको घरमा ढुंगा हानेको अभियोगमा प्रहरीले रामेछापको गोकुलगंगा गाउँपालिकाका मनोज तामाङ र पाँचथरका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।

उनीहरु बुधबार राति ढुङ्गामुढा गरी फरार भएकोमा महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी बृत बानेश्वरमा राखिएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *