इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्मअ ६ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पव पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।”
