प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा वोल्भ्स विजयी भएको छ । गएराति भएको खेलमा वोल्भ्सले फुल्हामलाई १-० गोलले पराजित गरेको हो ।
वोल्भ्सको जितमा एडामा ट्राओरेले खेलको अतिरिक्त समयमा निर्णायक गोल गरे । इन्जुरी समयको दोस्रो मिनेटमा फाबियो सिल्भाको पासमा ट्राओरेले गोल गर्दै वोल्भ्सलाई १-० गोलको जित दिलाएका हुन् । जितसँगै वोल्भ्स ३१ खेलमा ३८ अङ्क जोड्दै लिगको १२ औं स्थानमा उक्लिएको छ । पराजित फुल्हाम भने ३२ खेलमा २६ अङ्क जोड्दै रेलिगेसन क्ष्रेत्रमा यथावत छ ।
