प्रज्जवल थापा । युईएफए युरोपा लिगमा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले विजयी हात पारेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेडले स्पेनिस क्लब ग्रानाडालाई २-० गोलले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेजले एक/एक गोल गरे । पहिलो हाफको ३१ औं मिनेटमा लिन्डेलोफको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । यस्तै खेलको अन्तिम मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-० गोलको सहज जित दिलाए ।
जितसँगै युनाइटेडले सेमिफाइनल पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ । दोस्रो लेगमा बराबरीको नतिजालेपनि युनाइटेड सेमिफाइनलमा प्रवेश गर्नेछ । दोस्रो लेग युनाइटेडको घरेलु मैदानमा अप्रिल १५ मा हुनेछ ।
अन्य खेलको नतिजा
आयाक्स १-२ रोमा
आर्सनल १-१ स्लाभिया प्राग
डिनामो जाग्रेब ०-१ भिल्लारियल
ग्रानाडा ०-२ म्यान्चेस्टर युनाइटेड
