च्याम्पियन्स लिगमा आज बार्यन म्युनिख र पिएसजी भिड्दै

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल अन्तर्गत आज हुने पहिलो लेगमा बार्यन म्युनिख र पेरिस सेन्ट जर्मन(पिएसजी) भिड्दैछन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । बार्यन म्युनिखले पिएसजीविरुद्व भएको पछिल्लो ३ भेटमा जित निकालेको छ । बार्यन म्युनिखले अन्तिमा १६ मा लाजियोलाई समाग्रमा ६-२ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । बार्यन आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यता पिएसजीपनि आजको खेलमा सकरात्मक नतिजा निकाल्ने दाउमा रहेको छ । पिएसजीले अन्तिम १६ मा चिरप्रतिदन्द्वी बार्सिलोनालाई ५-२ गोलले पराजित गरेको थियो । पिएसजी घरेलु लिगको पछिल्लो खेलमा लिलेसँग १-० गोलले पराजित भएको थियो ।

दुई टोलीबिच भएको पछिल्लो ४ भेटमा ३ खेल बार्यले जितेको थियो भने एक खेल पिएसजीले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *