पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५’ कै रुपमा निम्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतमा आयोजना हुने एक कार्यक्रममा श्री ५ कै रुपमा निम्ता गरिएको छ । विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरले पूर्वराजालाई विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा पठाएका हुन् ।

हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र भोलि बिहीबार भारत प्रस्थान गर्ने भएका छन् । गत शिवरात्रिका अवसरमा पहिलो मेला सम्पन्न भएको थियो । चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका निम्ति मौसुफलाई महामण्डलेश्वरबाट विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा प्राप्त भएको समाचार घटना विचार साप्ताहिकमा छापिएको छ ।

आचार्य मण्डलेश्वरका तर्फबाट निमन्त्रणा लिएर उनका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए । भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयंसेवक (आरएसएस) का प्रमुख मोहन भागवतलगायत कैयन् दिग्गजहरुको समेत सहभागिता रहने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *