रास्वपाको छाता काण्ड

काठमाडौँ । निर्वाचनमा झण्डै दुई तिहाइ मत ल्याएर एकलौटी सरकार गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक गतिविधि जनताले नजिकबाट नियालिरेहका छन् । सानो कुरामा पनि उनीहरु सामाजिक संजालमा आलोचित र प्रशसाको पात्र बन्ने गरेका छन् । रास्वपाका सांसद विश्वराज पोखरेलले ‘सम्मान नपुगेको’ भन्दै एकजना प्रधानाध्यापकलाई थर्काएको दृष्य सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भयो । त्यसपछि उनी माफी माग्न बाध्य भए ।

शनिबार रास्वपाकै अर्का सांसद कविन्द्र बुर्लाकोटीलाई अरु कसैले छाता ओढाएको दृष्यले पनि उनी आलोचनाको शिकार बनेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा शनिबार आयोजना भएको ११औँ भूकम्प स्मृति दिवसमा सहभागी हुन बुर्लाकोटी पुगेका थिए । त्यहाँ उनलाई अर्का एक व्यक्तिले छाता ओढाइदिएको दृष्यले उनको आलोचना भएको हो ।

सामाजिक संजालमा यसरी आफनो आलोचना भएपछि बुर्लाकोटीले स्पष्टीकरण दिएका छन् । बुर्लाकोटीले भनेका छन्, ‘बारपाक सुलिकोट गाउँपालिकामा आयोजना भएको ११औँ भूकम्प स्मृति दिवसमा सहभागी हुने क्रममा पानी परेको थियो । म कार्यक्रममा ध्यानमग्न भई पालिका अध्यक्षको कुरा सुन्दै थिएँ । सोही क्रममा मेरो पछाडि बस्ने एकजना बुवाले छाता ओढ्दै मसँग केही कुरा गर्दै हुनुहुन्थ्यो। पछि कुरा सकिए पछाडि उहाँको छाताको बलेनी मेरो शरीरमा परेको र उहाँले छाताले पानी छेक्न खोजेको देखेपछि मैले उहाँलाई अगाडि आउन भने र हामीलेसँगै छाता ओढ्यौँ । पानी परेकै कारणले कार्यक्रम हतारले समापन गरियो । यो सबै कुराहरू कार्यक्रमको भिडियोमा देख्न सकिन्छ । करिब १ मिनेट जति छाता ओढाएको देखिने फोटो भिडियो र फोटो मैले थाहा नपाइकन भएको घटनाको हो । मेरा शुभचिन्तक र आम जनसमुदायमा यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छु र यस असावधानीका लागि म माफी माग्न चाहन्छु । धन्यवाद।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *