काठमाडौं । प्रहरीले नागढुंगाबाट ४३ लाख रुपैयाँ नगद र ९ थान तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ दाङबाट काठमाडौं आइरहेको यात्रुबाहक बसको प्यासेजमा कार्टुनमा बेरिएको अवस्थामा रकम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए।
कार्टुनभित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र ४३ लाख रूपैयाँ प्रहरीले फेला पारेको हो । प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँचका सन्दीप कौशलको रहेको खुलेको थियो ।
प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
