प्रज्जवल थापा । रियल म्याड्रिड फेन क्लब नेपाल–पोखरा विङ्सद्वारा आयोजित तेस्रो–इन्ट्रा म्याड्रिडष्टा फूटसल प्रतियोगिता आज हुँदैछ । प्रतियोगिता पोखरा विन्दवासिनीस्थित टुटिसाल फूटसलमा ९ बजे शुरु हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण रियल म्याड्रिड फेन क्लब नेपाल र नेपाल समाजको आधिकारिक पेजबाट संयुक्त रुपमा हुनेछ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागी टोलीमध्ये चार टिम फेन क्लबकै विङ्स रहेका छन् । उपत्यका बाहिरका काठमाडौं विङ्स, नुवाकोट विङ्स, चितवन विङ्स र हेटौंडा विङ्स रहेका छन् । अन्य टिमहरुमा रोयल ह्वाइन्ट्स, टिम जिदान, टिम रोमस, टिम राहुल, टिम बेर्नाबेउ, बिबिसी क्लब, टिम अब्बु म्याड्रिडष्टा र टिम क्यासिलस रहेका छन् ।
सहभागी टिमलाई ४ समुहमा विभाजन गरिनेछ । सबै समुह सिङ्गल राउण्ड रोविनको आधारमा हुनेछ । चारै समुहको शिर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता र उपविजेताले जर्सी, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ ।
