थप १५२ जनामा कोरोना संक्रमण, एकको मृत्यु, ६५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७७४६१ पुगेको छ ।

त्यस्तै बिहीबार थप ६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२८५१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६३ जना छन् भने आइसोलेसनमा १५७९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *