नेपाली महिला खेलाडी सम्मिलित पाकिस्तानी लिग रद्द

प्रज्जवल थापा । नेपाली राष्ट्रिय महिला फूटबल खेलाडी सम्मीलित पाकिस्तान राष्ट्रिय महिला फूटबल च्याम्पियनसिप रद्द भएको छ । यससँगै आज मासा युनाइटेड र हाईल्याण्डर्सबीच हुने भनिएको सेमीफाइनल खेलपनि रद्द भएको छ ।

आन्तरिक विवादको कारण यसअघि पनि लिग स्थगित भएको थियो । आन्तरिक द्वन्द्व नसुल्झाए पाकिस्तान फूटबललाई प्रतिबन्ध गर्ने फिफाले चेतावनी दिएको छ ।

यस्तो अवस्थामा सम्पुर्ण अफिसियल, खेलाडीहरुको सहमतिमा मासा युनाइटेडलेपनि प्रतियोगिताबाट आफ्नो टिम हटाएको पाकिस्तानबाट नेपाली खेलाडी अनिता केसीले नेपाल समाजलाई बताइन् । अनिताले भनिन्, ” आन्तरिक द्वन्द्व भईरहेको अवस्थामा हाम्रो टिम मासाले प्रतियोगिता नखेल्ने निर्णय गरेका छौं । लिग स्थगित भएसँगै हामी पनि नेपाल फर्किने तयारीमा छौ ।” यसअघि कराँची युनाइटेड, हाईल्याण्डर्ससहित अन्य टिमले पनि प्रतियोगिताबाट आफ्नो टिम हटाएका थिए ।

पाकिस्तानी लिगको लागि नेपाली राष्ट्रिय महिला फूटबल टोलीका खेलाडी अनिता केसी, शरु लिम्बु, गीता राना, एन्जिला तुम्बापो सुब्बा पाकिस्तान गएका थिए । सबै खेलाडीले मासा युनाइटेडबाट च्याम्पियनसिप खेलेका थिए । नेपाली खेलाडी अनिता केसीले प्रतियोगितामा २४ गोल गर्दा शरु लिम्बुले २२ गोल गरेकी थिइन् । यस्तै गीता रानाको नाममा तीन र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा दुई गोल रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *