प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत भएको खेलमा स्पेनले सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
इस्टेडियो ओलम्पिको डि सेभिल्लामा भएको खेलमा स्पेनलाई जित दिलाउन डानियल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरिनोले एक/एक गोल गरे । कोसोभोको लागि बेसार हलिमीले गरेको गोल सान्तवनामा सिमित रह्यो । ३४ औं मिनेटमा जोर्डी अल्बाको पासमा डानियल ओल्मोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ३६ औं मिनेटमा पेड्रीको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
७० औं मिनेटमा बेसार हलिमीले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास अग्रेका थिए । तर ७५ औं मिनेटमा कोकेको पासमा मोरिनोले गोल गर्दै स्पेनलाई ३-१ गोलको जित दिलाए ।
जितसँगै स्पेन ३ खेलमा ७ अङ्क जोड्दै समुह ‘बी’ को शिर्ष स्थानमा रहेको छ ।
