प्रज्जवल थापा । पाकिस्तान राष्ट्रिय महिला फूटबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा आज नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र हाईल्याण्डर्स फूटबल क्लब भिड्दै छन् । खेल नेपाली समय अनुसार बिहान ९:४५ बजे शुरु हुनेछ ।
क्वाटरफाइनल खेलमा वाकओभर पाउँदै सेमिफाइनल प्रवेश गरेको मासा आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । मासालाई सेमिफाइनल पुर्याउन नेपाली खेलाडीले मुख्य भुमिका खेलेका थिए । नेपाली खेलाडी अनिता केसीले प्रतियोगितामा २४ गोल गर्दा शरु लिम्बुले २२ गोल गरिसकेकी छिन् । यस्तै गिता रानाको नाममा तीन र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा दुई गोल रहेको छ ।
समूह ‘बी’ मा रहेको मासा युनाइटेड समूह चरणको खेलमा अपराजित रहेको थियो । मासाले ४ खेलमा ३ जित र १ बराबरको नतिजा निकाल्दै १० अङ्ककोसाथ शिर्ष स्थानमा रहेर क्वाटरफाइनलको बाटो तय गरेको थियो ।
यता हाईल्याण्डर्सले क्वाटरफाइनल खेलमा हजारा गर्ल्स एकेडमीलाई पराजित गर्दै सेमिफाइनलको बाटो तय गरेको थियो ।
