मकवानपुरमा भिरबाट लडेर ७० वर्षीय बृद्धको मृत्यु

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार प्रजाको गएराति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो । प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *