लक्जेम्वर्गमाथि पोर्चुगलको सहज जित

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ युरोपेली छनोट अन्तर्गत भएको खेलमा पोर्चुगलले सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जेम्वर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा र जायो पाल्हिन्हाले एक/एक गोल गरे । लक्जेम्वर्गको लागि गेर्सोन रोड्रिग्वेजले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो । खेलमा शुरुवाती अग्रता भने लक्जेमबोर्गले लिएको थियो । ३० औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

 

४५ औं मिनेटमा पेड्रो नेटोको पासमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए । ५१ औं मिनेटमा कान्सेलोको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ८० औं मिनेटमा पेड्रो नेटोको पासमा पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ गोलको सहज जित दिलाए ।

जितसँगै पोर्चुगल ३ खेलमा ७ अङ्क जोड्दै समुहको शिर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अङ्कनै जोडेको सर्बिया गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *