थ्री नेसन्स कप विजेता टोलीलाई जनही १ लाख पुरस्कार

प्रज्जवल थापा । थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि जित्ने टोलीले जनही १/१ लाख पुरस्कार पाउने भएका छन् । मंगलबार अखिल नेपाल फूटबल संघ(एन्फा)ले प्रेस विज्ञप्ति जारी गर्दै विजेता टोलीका सदस्यलाई जहनी एक/एक लाख पुरस्कार दिने जनाएको हो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो । नेपाललाई जित दिलाउन संजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । उक्त खेलमा नेपालले सात खेलको गोलविहिन यात्रालाई पनि पुर्णविराम लगाएको थियो । यस्तै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । नेपालले उपाधिसँगै ५ हजार अमेरिकी डलरपनि प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *