प्रज्जवल थापा । थ्री नेसन्स कपको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध शुरुवाती अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा नेपाल २-० गोलको अगाडि रहेको छ ।
नेपालको लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरे । खेलको १८ औं मिनेटमा बंगलादेश डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोकले भली प्रहार गर्दै सुन्दर गोल गरेका थिए । सन्जोकको यो डेब्यु गोल हो । उनले समूह चरणको तेस्रो खेलमा बंगलादेशविरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका थिए । यससँगै नेपालले आठ अन्तराष्ट्रिय खेल पश्चात् पहिलो गोल गरेको छ ।
यस्तै ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।
तस्बिर:- रमेश सुवेदी/खेलपाटी
